जोरायल गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ् शिल्ड २०८० को उपाधी रामपुरलाई

997

पुस २५, डोटी ।
डोटीको जोरायल गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता २०८० को उपाधी रामपुर नमुना माध्यमिक विद्यालय बुडरले हात पारेको छ ।
जोरायल–४ मा अवस्थित घण्टेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा पुस २० गतेदेखि २३ गतेसम्म सञ्चालित प्रतियोगितामा १० स्वर्ण, ५ रजत र ५ काश्य पदक सहित कूल २० वटा पदक हात पार्दै विजेता बनेको हो ।
त्यस्तै घण्टेश्वर माध्यमिक विद्यालय कुँडिकोटले ७ स्वर्ण, ११ रजत र ८ काश्य पदक सहित कूल २६ वटा पदक हात पार्दै द्वितिय भएको छ भने महासरस्वती माध्यमिक विद्यालय देउथला ३ स्वर्ण, १ रजत र २ काश्य सहित कूल ६ वटा पदक हात पार्दै तृतिय भएको छ ।

प्रतियोगितामा जोरायल गाउँपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

May be an image of 11 people and text
घण्टेश्वर माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष दिव सिं शाहुको अध्यक्षता एवं जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको प्रमूख आतिथ्यतामा सोमबार नै प्रतियोगिताको समापन तथा विजेता र उप विजेताहरुलाई पुरुस्कार वितरण गरिएको जोरायल गाउँपालिकाका खेलकुद प्रशिक्षक पवन कुमार शाहुले जानकारी दिए ।
उक्त कार्यक्रममा जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहरा, प्रमूख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न विद्यालयका शिक्षक, अभिभावक र तीन सय बढी विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कुन विद्यालयले कति पदक जिते ? हेर्नुहोस् – No description available.May be an image of 14 people and text

 

May be an image of 9 people and text

May be an image of 5 people and text that says 'राष्ट्रपति रनिड शिल्ड'

May be an image of 1 person, crowd and mountain

Leave A Reply

Your email address will not be published.