राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य मलासीद्वारा जिप्रका डोटीलाई खानेपानी र मास्क सहयोग प्रदान

667

भाद्र १७, डोटी ।

नेकपा निकट राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य एवं समाजसेवी युवा नरेश मलासीले जिल्ला प्रहरी कार्यालयलाई खानेपानी र मास्क सहयोग प्रदान गरेका छन् ।
कोभिड–१९ का कारण डोटीमा पनि निषेधाज्ञा जारी गरिएको अवस्थामा जनताको सेवामा विभिन्न ठाउँमा ड्युटीमा खटिने प्रहरीलाई खानेपानीको सहजता होस् र मास्क लगाएर सुरक्षित बस्न पनि सहयोग पुगोस् भन्दै २५ पेटी खानेपानी र ३ सय थान मास्क जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमूख तथा प्रहरी नायव उपरिक्षक इन्द्र मल्ललाई हस्तान्तरण गरेका हुन् ।
उनले भने–‘अहिले निषेधाज्ञा जारी छ, पसलहरु बन्द छन्, निषेधाज्ञा पालना र कोरोना रोकथामका लागि प्रहरीहरु खटिएका छन्, अहोरात्र खटिने प्रहरीलाई आफ्नो तर्फबाट सानो भए पनि सहयोग गर्नुपर्छ भनेर सहयोग गरेको हुँ ।’
नेकपा डोटी जिल्ला कमिटिका प्रस्तावित सदस्य समेत रहेका युवा मलासीले नेपाल प्रहरीले ‘प्रहरी मेरो साथि’ भन्ने नाराका साथ काम गरिरहेको र सबैले प्रहरीलाई पनि सहयोग गर्नुपर्ने बताए ।
व्यक्तिगत रुपमा जिल्ला प्रहरी कार्यालयलाई खानेपानी र मास्क सहयोग गरेकोमा प्रहरी नायब उपरिक्षक मल्लले युवा नेता मलासीलाई विशेष धन्यवाद दिएका थिए ।
केहि समय पहिले देशभर लकडाउन गरिएको अवधीमा भारतबाट डोटी फर्कने नागरिकहरुलाई सहयोग गर्न नेपाल–भारत सिमा नाका कैलालीको भन्सार क्षेत्रमा पनि मलासी निकै खटेका थिए ।

 

Leave A Reply

Your email address will not be published.