शिक्षक भर्ना विवादमा परीक्षार्थीमाथि हातपात गर्ने का.वा. मेयरले मागे ‘सरी’, विवाद टुङ्गियो

815

बैशाख १७, डोटी ।
शिक्षक भर्ना विषयमा सेटिङ्ग भएपछि परीक्षा स्थगित गर्न निवदेन दिने परीक्षार्थी उम्मेदवार मान बहादुर कुञ्जेडामाथि हातपात गर्ने कार्यवाहक मेयर समेत रहेका दिपायल सिलगढी ८ का वडा अध्यक्ष दशरथ बलायरले सार्वजनिक रुपमा ‘सरी’ मागेका छन् ।
बिना कारण सार्वजनिक स्थलमै हातपात गरेपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय डोटीमा अभद्र व्यवहार अन्तरगत मुद्धा दर्ताको तयारी गरेका थिए ।
तर जिप्रकामै पुगेर विभिन्न जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, समाजेसेवीहरुबिच बलायरले भवितव्यले आफुले गल्ती गरेको भन्दै सार्वजनिक क्षमा मागेपछि मुद्धा दायर नगर्ने सहमती भएको छ ।
सहमतीपश्चात पीडित कुञ्जेडाले भने–‘मुद्धा हाले पनि अन्तिममा मिल्नैपर्छ । उहाँको नैतिकता जे भए पनि सार्वजनिक रुपमा क्षमा मागेपछि मुद्धामामीला गर्नुभन्दा मैले क्षमा दिएको छु । छलफलमा सहभागि सबैको आग्रह अनुसार सहमती भएको हो, तर उहाँबाट आगामी दिनमा यस्तो गल्ती नदोहोरिस् ।’
स्थानीय सुनादेवी माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह अङ्ग्रेजी राहत शिक्षक नियुक्तीमा प्रधानाध्यापक कृष्ण बहादुर कडायतले विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरस्वती बुढा साउँदसँग फोनमा कुरा गरेको अडियो बाहिरिएपछि शेर बहादुर कुञ्जेडा र मान बहादुर कुञ्जेडाले परीक्षा स्थगितको माग गरेका थिए ।
दिपायल सिलगढी नगरपालिकाका मेयर बाजी सिं खड्का जिल्ला बाहिर रहेकाले कार्यवाहक मेयर समेतको जिम्मेवारी सम्हालेका नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का वडा अध्यक्ष बलायरले परीक्षार्थी उम्मेदवार कुन्जेडामाथी हातपात गरेका थिए।
फोनमा भएको सेटिङ्गको अडियो नै पेश गरेर शिक्षक भर्ना परीक्षा स्थगनको निवेदन परेपछि सोमबार बिहान ९ बजेका लागि तोकिएको परीक्षा भने आवश्यक छानबिन गर्ने गरी दिपायल सिलगढी नगरपालिकाले स्थगित गरेको छ ।

प्रधानाध्यापक कृष्ण बहादुर कडायत भने फोन सम्पर्कविहीन भएका छन् ।

Leave A Reply

Your email address will not be published.