एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा चक्र मल्ल र सचेतकमा जानकी ऐर बम चयन

655

श्रावण २९, डोटी ।

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्ल र सचेतकमा जानकी ऐर बम चयन भएका छन्।

मंगलबार संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

मल्ल डोटी निर्वाचन क्षेत्र ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने बम बैतडीबाट समानुपातिक सांसद हुन् ।

यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्र बहादुर पाल र सचेतकमा निर्मला देवी साउँद रहेका थिए।

पाल भौतिक पूर्वाधार विकास मन्त्री र साउँद सोही मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएसङ्गै प्रमुख सचेतक र सचेतक हेरफेर गरिएको संसदीय दलका नेता रावलले जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.