डोटीमा बस दुर्घटना, १७ जना घाइते

1,071

किरण धामी

साउन ३२, डोटी
डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायल आउँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईका अनुसार दिपायल सिलगढी नगरपालिका–४ समुहगाडमा शुक्रबार बिहान ५ बजेतिर बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था मध्यम र सामान्य रहेको डिएसपी भट्टराईले बताउनुभयो ।

बस सडकबाट करिब ३५ मिटर तल खसेको छ । उकालोमा दुर्घटना भएको बस प्राविधिक कारणले दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान भए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

Leave A Reply

Your email address will not be published.