मापसे गरेर धारीलो हतियार प्रयोग गरी आत्महत्या !

2,932

माघ १३, डोटी ।
डोटीमा एक युवकले मादक पदार्थ सेवन गरेको अवस्थामा धारीलो हतियार (खुँडा) प्रयोग गरी आत्महत्या गरेको घटना बाहिरिएको छ ।
सायल गाउँपालिका वडा नं. ५ दैना बस्ने बर्ष ४० को बहादुर खड्काले आज आइतबार बिहानै २ बजेतिर धारीलो हतियार (खुँडा) प्रयोग गरी आत्महत्या गरेको घटना बाहिरिएको हो ।

यस घटनालाई अहिले प्रहरीले “आत्महत्या” नभनेर “मानिसको मृत्यु” मात्रै भनेको छ ।
हिजो माघ १२ गते शनिबार मात्रै छोरीको उपचार गर्न भनि घरबाट आएका खड्का जिल्ला अस्पताल डोटीमा उपचार पश्चात आफन्त नाता पर्ने जिल्ला समन्वय समिति डोटीमा चालक पदमा कार्यरत छत्र खड्का बस्ने क्वाटरमा राति बास बसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
मादक पदार्थ सेवन गरी धारीलो हतियार (खुडा) घाँटीमा प्रहार गरी आत्महत्या गरेको चालक छत्र खड्कालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माको कमाण्डमा टोली खटिई अनुसन्धान कार्य भईरहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.