चलिरहेको जीपबाट खसेर एक जनाको मृत्यु, चालक र गाडी प्रहरी नियन्त्रणमा
चैत १८, डोटी ।
डोटीमा चल्दै गरेको बोलेरो जीपबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आदर्श गाउँपालिका– २ कुचेडाका गाडी साहु ३४ वर्षका ज्ञानेन्द्र बहादुर बोहरा रहेका छन् ।
सोमबार बेलुकी करिब ६ बजेतिर दिपायलबाट आदर्श गाउँपालिकातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ४११८ नम्बरको बोलेरो जीपको पछाडी ढालामा बसिरहेका थिए ।
ढालाबाट खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
जीपबाट खस्ने बित्तिकै उनलाई उपचारको लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा ल्याइएको र उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
उनको छाती र टाउकोमा गम्भीर चोट लागेको थियो । आदर्श गाउँपालिका– ३, नुवाकोट बस्ने बर्ष २३ का गाडी चालक विराज भट्ट र गाडीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।