एमाले नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त

418

बैशाख १०, डोटी ।

नेकपा (एमाले) का नेता रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुनुभएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गर्नुभएको हो।
विद्या भट्टराईले शिक्षामन्त्रीबाट वैशाख ८ गते सोमबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएपछि पन्तलाई मन्त्रीको जिम्मेवारी दिइएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रधानमन्त्री ओलीले जिम्मेवारीबाट हटाउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.