बलायर मृत्यु प्रकरण : बसले ठक्कर दिएको खुलासा, चालक प्रहरी नियन्त्रणमा

621

असोज २१, डोटी ।
डोटीको शिखर नगरपालिका–८ गोपघाटमा मृत भेटिएका २८ वर्षीय शंकर बलायरलाई बसले ठक्कर दिएको खुलेको छ ।
असोज १७ गते शुक्रबार राती १२ बजेतिर के.आई.सिंह राजमार्ग अन्तरगत सडकमा घोप्टाे परेको अवस्थामा मृत भेटिएका उनलाई बाजुराबाट धनगढीतर्फ जाँदै गरेको ना ७ ख १७२ नम्बरको बसले ठक्कर दिएको खुल्न आएको हो ।बस चालक बाजुराको गौमुल गाउँपालिका – २ मल्दुकुन बस्ने बर्ष ३३ का गणेश धामी र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
डोटीको शिखर नगरपालिका–८, तिलताली स्थायी घर भएका मृतक बलायर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफीक व्यवस्थापन कार्यालय पथलैया बारा दरबन्दी भई हाल जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा ट्राफिक प्रहरी जवान पदमा कार्यरत थिए ।
उनी असोज ७ गते मात्रै १८ दिनको दशै बिदामा डोटी आएका थिए ।

Leave A Reply

Your email address will not be published.