बडिकेदार देवलमा बोलेरो दुर्घटना, एक महिलाको मृत्यु

542

असोज २८, डोटी ।
डोटीको बडिकेदार गाउँपालिका – ३ देवलको कच्ची सडक खण्डमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
कैलाली (सुखड) बाट देवलतर्फ आईरहेको सु.प.प्र. ०१ ००१ च ४६५१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार बडिकेदार – ३ बस्ने अन्दाजी ३५ वर्षकी लक्ष्मी कुमारी सलामीको मत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।
सोमबार राति डेढ बजेको समयमा जीपको सापट भाँच्चिएर सडकमा पल्टिदा दुर्घटना भएको बताइएको छ ।
चालक सहित जम्मा ९ जना यात्रु रहेकोमा अन्य सबै जना सकुशल रहेको र प्रहरी सहायक निरीक्षक पदम राज भट्टको कमाण्डमा ४ जनाको टोली खटिएको जनाइएको छ ।
जीप कैलालीको घोडाघोडी नगरपालिका – ८, मैनापोखरी बस्ने २७ वर्षीया सरोज वि.क.ले चलाएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.