`मेरी कान्छी साली´ चर्चामा

668

पुस २३, डोटी ।
डेउडा क्षेत्रका अब्बल गायक सुर्य विरही साउद र संगिता बडुवालको स्वर रहेको बुधबार सार्वजनिक भएको `मेरी कान्छी साली´ बोलको डेउडा गीत चर्चामा आएको छ ।
चौतारी म्युजिक युट्युबबाट सार्वजनिक गीत करिब ८ घण्टाको अवधिमा ७२ हजार बढी भ्युज पुगेको छ ।
सर्जक सुरेन्द्र बिक स्मृतिको शब्द सिर्जनामा सालीसँगको काल्पनिक ‌मायालाई चित्रण गरिएको गीतको लोक देउडा प्याटर्नमा गायक सुर्य विरही साउदले लय सिर्जना गरेका हुन् ।
गीतमा कोरस स्वर राजेन्द्र बाजुराली, सागर बाजुराली, कल्पना मल्ल, निरुता खत्रीको रहेको छ । मालाश्री स्टुडियोबाट तयार भएको गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका छन् भने मिक्सिङ खड्क बाजुरालीले गरेका हुन् । गीतको भिडियोमा अभिनय रमेश बिजुली बि सी, रस्मिका मल्ल, कलापती ताम्राकार, बिमला बिक, निशान परियार (पाण्डे), सरोज रोकाया र डेबिट एचडीले गरेका छन् ।
रमेश बिजुली बिसीको निर्देशनमा छायांकन तथा सम्पादन गणेश साउदले गरेका हुन् भने ड्रोनमा शंकर साउदले साथ दिएका हुन् ।

हेर्नुस् भिडियो :

 

Leave A Reply

Your email address will not be published.