डोटी आइडल विजेतालाई निशुल्क गीत रेकर्डिङ गराउने गायिका शोभा थापाको घोषणा

426

पुस २९, डोटी ।
डोटी महोत्सवको अवसरमा आगामी फाल्गुनमा सञ्चालन गरिने `डोटी आइडल´ विजेतालाई निशुल्क गीत रेकर्डिङ गराइदिने गायिका शोभा थापाले घोषणा गरेकी छन् ।
नवप्रतिभालाई प्रोत्साहन गर्न सहयोग स्वरुप एउटा गीत निशुल्क रेकर्डिङ गराईदिने विशेष डिजिटल रेकर्डिङ स्टुडियो संचालक समेत रहेकी गायिका थापाले बताइन् ।
डोटी उद्योग वाणिज्य संघले आगामी फाल्गुन १ गतेदेखि १० गतेसम्म दिपायलमा डोटी महोत्सव २०८२ को आयोजना गर्दैछ । सोही अवसरमा वाणिज्य संघले जिल्लामै पहिलो पटक `डोटी आइडल´ पनि आयोजना गर्न लागेको हो ।

आयोजक संस्थाले पनि डोटी आइडल गायन प्रतियोगितामा `टप थ्री´मा पर्न सफल गायक गायिकाहरूकाे गीत रेकर्ड गर्ने देखि प्रमाणपत्र तथा नगद पुरस्कारको व्यवस्था गर्ने तयारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.