डोटीको बोगटानमा बोलेरो जीप दुर्घटना, चार घाइते, दुइको अवस्था गम्भीर
चैत्र ३, डोटी ।
डोटीमा मंगलबार भएको बोलेरो जीप दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते मध्ये दुइ जनाको अवस्था गम्भीर रहेकोे छ ।
बोगटान फुड्सिल गाउँपालिका ३ इनाडा स्थित भित्री सडकखण्डमा कैलालीतर्फ जाँदै गरेको से. १ च १५१७ नं. को बोलेरो जिप उकालोमा ब्याक भएर बिहान १० बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
दुर्घटनामा परि घाइते हुनेमा कैलालीको गौरीगंगा नगरपालिका-९ बस्ने जीप चालक अन्दाजी वर्ष २८ का सन्तोष सापकोटा, कैलालीकै घोडाघोडी नगरपालिका – २ बस्ने वर्ष ४५ को योगेस बिनाडी, डोटीको बोगटान फुड्सिल गाउँपालिका ३ कानाचौर बस्ने बर्ष १७ को नरेश साउँद र अछामको ढकारी गाउँपालिका ३ बस्ने बर्ष १५ को जनक बुढा रहेका छन् ।
घाइतेमध्ये योगेश बिनाडी र नरेश साउदको अवस्था गम्भीर रहेको जनाइएको छ । योगेशको टाउको र ढाडमा चोट रहेको तथा नरेशको टाउको, अनुहार र ढाडमा चोट रहेको प्रहरीले जनाएको छ । चालक सापकोटा र जनक बुढाको स्वास्थ्य अवस्था मध्यम खालको रहेकोे बताइएको छ ।
घाइते सबैलाई उपचारको लागी धनगढीतर्फ पठाएको छ ।
दुर्घटना भएको उक्त जीप सडकबाट करिब ३ सय मिटर तल खसेको जनाइएको छ ।