डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता, अरु पदमा को को ?

161

भाद्र २८, डोटी ।

आगामी असोज ४ गते हुने डोटी उद्योग वाणिज्य संघको निर्वाचनका लागि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको उम्मेदवारको प्रथम नामावली अनुसार अध्यक्ष पदमा दीपक बहादुर खड्का, इन्द्र बहादुर कुँवर, प्रेम बहादुर भण्डारी र वीरेन्द्र शाहको उम्मेदवारी परेको छ।
निर्वाचनका लागि संघको अन्य विभिन्न पदमा उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ।
वरिष्ठ उपाध्यक्ष पदका लागि दीर्घ बहादुर साउँद, लोक बहादुर खड्का र चन्द्र राज पाठक गरि तीन जनाको उम्मेदवारी परेको छ।
उद्योगतर्फ उपाध्यक्ष पदमा रमेश बोहरा र नन्दराम भण्डारी गरि दुई जनाको उम्मेदवार परेको छ भने वाणिज्ययर्फको उपाध्यक्ष पदका लागि लाल बहादुर कठायत, गणेश बोहरा र लोक बहादुर देउवा गरि तीन जनाको उम्मेदवारी दर्ता भएको छ।
त्यसैगरी महासचिवम पदमा जय बहादुर शाही, रोशन कठायत र रमेश जोरा गरि तीन जनाको उम्मेदवारी दर्ता भएको छ।
कोषाध्यक्षमा पदका लागि अमित अमात्य र प्रकाश बहादुर रावल गरि दुई जनाले उम्मेदवारी दिएका छन्।
सचिवमा पदमा दीपक कलेल, पवित्रा कुमारी कुँवर र नन्दन सिं कार्की गरि तीन जनाको उम्मेदवारी परेको छ।
संघको सदस्य पदमा भने १२ जनाको उम्मेदवारी परेको छ ।
सदस्य पदमा सुरेन्द्र कुँवर, भावना खड्का पुनमगर (जनजाति), मनीषा कामी (दलित), राधिका शाही, रवि भण्डारी, पुतली देवी देउवा, मान बहादुर सिंह, नितेश सेठ, सन्दीप कुमार श्रेष्ठ, सुविन साउँद, कमला जोशी र रामचन्द्र नेपालीको उम्मेदवारी दर्ता भएको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीअनुसार सबै उम्मेदवारको उम्मेदवारी दर्ता क्रमानुसार उल्लेख गरिएको छ। केही समयमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.