डोटीमा आफ्नै पालेको राँगोले हान्दा एक पुरुषको मृत्यु

698

कार्तिक २९, डोटी ।
डोटीमा आफ्नै पालेको राँगोले हान्दा शनिबार एक पुरुषको ज्यान गएको छ ।
आदर्श गाउँपालिका वडा नं. १ सरङायल गाउँका अन्दाजी ४० वर्षका चक्र साउँदको आफ्नै पालेको राँगोले हान्दा ज्यान गएको उनको साथमा रहेका स्थानीय प्रकाश खड्काले बताए ।
शनिबार दिउँसो करिब २ बजेतिर राँगोले हान्दा मृतक साउँदको टाउको र छातीमा चोट लागेको थियो । उनको उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याईएकोमा उपचारकै क्रममा करिब साढे चार बजेतिर मृत्यु भएको हो ।
आफ्नै पालेको राँगोले हान्दा मृत्यु भएकाले परिवार तथा आफन्तजनहरुले शव व्यवस्थापन गर्ने डोटीका प्रहरी प्रमूख जनकराज पाण्डेले बताए ।

Leave A Reply

Your email address will not be published.