ओली समूहको अनेरास्ववियु डोटी अध्यक्षमा कुमाल र सचिवमा अवस्थी

412

अमृत कुमार ओली
फाल्गुन ६, डोटी ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री के.पी.शर्मा ओली नेतृत्वको अनेरास्ववियु डोटीको जिल्ला भेला विहीबार सिलगढीमा सम्पन्न भएको छ । भेलाबाट अनेरास्ववियु जिल्ला अध्यक्षमा धनबहादुर कुमाल र सचिवमा निर्मला अवस्थी चयन भएका छन् । नव गठित कूल ५३ सदस्यीय कमिटिको उपाध्यक्षमा कमल बम, लोकेश बिष्ट, चम्फा पार्की, निर्मला बडैला गरी ४ जना चयन भएका छन् । त्यसैगरी सह–सचिवमा शंकर नेपाली, सिता बिष्ट, शुशिला साउँद, दिपक पुजारा र निशा कार्की गरी ५ जना रहेका छन् । कमिटीको कोषाध्यक्षमा शुशिल सिंह र सह–कोषाध्यक्षमा निर्मला मल्ल रहेका छन् भने बाँकी सबै सदस्य रहेको नव गठित कमिटिका सचिव निर्मला अवस्थीले जानकारी दिइन् ।
आफ्नो कार्यकालमा विद्यार्थी हकहितमा काम गर्दै अनेरास्ववियु डोटीलाई अँझै मजुबद संगठनका रुपमा स्थापित गर्ने अध्यक्ष कुमालले प्रतिबद्धता जनाए ।
अनेरास्ववियु केन्द्रिय सदस्य एवं निवर्तमान जिल्ला संयोजक डबल बोहराको अध्यक्षता एवं नेकपा केन्द्रिय सदस्य विजयराज श्रेष्ठको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा ओली समूह डोटी अध्यक्ष रामबहादुर ऐर, जिल्ला कमिटि सचिवालय सदस्य शिवराज खड्का, कृष्ण कुमार खड्का, गणेश बिष्ट, अनेरास्ववियु केन्द्रिय सदस्य एवं नेकपा जिल्ला किमिटि सचिवालय सदस्य बम बहादुर बम लगाएतका नेता तथा अनेरास्ववियुप्रति आस्थावान विद्यार्थीहरु सहभागि रहेका थिए ।

May be an image of Krishna Kumar Khadka, Dabal Bohara, Shiv Raj Khadka and Ram Ayer, people standing and people sittingMay be an image of 5 people, people sitting and people standing

May be an image of 6 people, people standing and people sitting

Leave A Reply

Your email address will not be published.