डोटीमा वर्ल्डभिजनद्वारा डिसिसिएमसीलाई २२ लाख बढीका स्वास्थ्य सामग्री हस्तान्तरण

673

जेठ १६, काठमाडौं ।
डोटीमा वर्ल्डभिजन इन्टरनेशनल नेपालद्वारा  जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) लाई रु. २२ लाख बढीका स्वास्थ्य सामग्री आइतबार हस्तान्तरण गरेको छ ।
विश्वव्यापी महामारी कोभिड-१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि वर्ल्डभिजनले झण्डै रु. २२ लाख बढीको अक्सिजन सिलिण्डर लगाएतका विभिन्न स्वास्थ्य सामग्री डिसिसिएमसी डोटीलाई  सहयोग हस्तान्तरण गरिएको वर्ल्डभिजनका प्रतिनिधि गांगी बलायरले बताए ।
डोटीमा पनि दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको र केहीले ज्यान समेत गुमाईसकेको अवस्थामा  आगामी दिनमा उपचार सहजताको लागि स्वास्थ्य सामग्री सहयोग गरेको वर्ल्डभिजनले जनाएको छ।
समाज कल्याण परिषद सहजीकरणमा वर्ल्डभिजनका स्थानीय साझेदार संस्थाहरु समान पहुँच विकास केन्द्र (सिड) नेपाल र सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको समन्वयमा डिसिसिएमसीलाई सामग्री दिइएको हो।
स्वास्थ्य सुरक्षा सतर्कता अपनाउदै जिल्ला प्रशासन कार्यालयमा सामाग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा सिड नेपालका अध्यक्ष शेरबहादुर मल्ल र सिडिसीका उपाध्यक्ष  सूनिल घर्तीले डिसिसिएमसी संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई सामग्रीहरु हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएका सामग्रीहरुमा ७० थान अक्सिजन सिलिन्डर, ७० थान पल्स अक्सिमिटर, ७० थान पीपीई सेट, ७० थान थर्मल टेम्प्रेचर गन, पाँच लिटरको २ ग्यालिन सेनिटाइजर, ६ प्याकेट सर्जिकल मास्क लगाएत रहेका छन् । सहयोग प्रदान गरिएका स्वास्थ्य सामाग्रीहरु आवश्यकताका आधारमा सहि सदुपयोग गरिने र सहयोगी निकायप्रति प्रमुख जिल्ला अधिकारी खनालले आभार व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.