जोरायल गाउँपालिकामा विपद व्यवस्थापन र जलवायु परिवर्तनबारे सचेतना फैलाउन स्वयंसेवक खटाईंदै

367

भाद्र १६, डोटी ।

डोटीको जोरायल गाउँपालिकामा विपद व्यवस्थापन र जलवायु परिवर्तनबारे समुदायमा सचेतना फैलाउन स्वयंसेवक खटाईंदैछ ।
कारितास अष्ट्रियाको आर्थिक सहयोगमा कारितास नेपाल र सामुदायिक विकास मञ्च (सिडिएफ) डोटीको संयुक्त साझेदारीमा सञ्चालित सामुदायिक उत्थानशीलता सुदृढिकरण परियोजना अन्तरगत गाउँपालिकाका ६ वटै वडामा गरी ३० जना स्वयंसेवक खटाईन लागिएको हो ।

No description available.विपद व्यवस्थापन र जलवायु परिवर्तनबारे स्वयंसेवकहरुले गाउँगाउँमा गएर सचेतना फैलाउने काममा खटाईने सामुदायिक उत्थानशीलता सुदृढिकरण परियोजनाका जीविकोपार्जन प्राविधिक गोविन्द भण्डारीले जानकारी दिए । उनिहरुले स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माणका क्रममा आवश्यक पर्ने सूचना तथा तथ्यांक समेत संकलन गर्नेछन् ।
जसका लागि जोरायल गाउँपालिकाले नै छनौट गरेका ति स्वयंसेवकहरुलाई उक्त गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा लगाएतको सहभागितामा विपद व्यवस्थापन र जलवायु परिवर्तनबारे क्षमता अभिवृद्धीका लागि सोमबार र मंगलबार दुइ दिने तालिम समेत सञ्चालन गरिएको जनाईएको छ ।

No description available.उक्त तालिममा सामुदायिक उत्थानशीलता सुदृढिकरण परियोजना संयोजक विवेक गौतम र डिआरआर अफिसर प्रयागराज कापडीले विपद पूर्व तयारी कसरी गर्न सकिन्छ र समुदायमा कसरी सचेतना जगाउन सकिन्छ भन्ने विषय सँगै विपद तथा जलवायु उत्थानशील योजना निर्माणका सुचाङ्कहरु बारे प्रयोगात्मक प्रशिक्षण दिईएको बताईएको छ ।
जनवरी २०२१ बाट शुरु भएको उक्त सामुदायिक उत्थानशीलता सुदृढिकरण परियोजना डिसेम्बर २०२२ सम्म सञ्चालन हुने र उक्त परियोजना अन्तरगत विपद व्यवस्थापन, जीविकोपार्जन र विद्यालय सुरक्षाका विषयमा काम गर्ने परियोजनाका डिआरआर अफिसर प्रयागराज कापडीले जानकारी दिए ।

No description available.

Leave A Reply

Your email address will not be published.