आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइदै

200

असोज १, डोटी ।
आज असोज संक्रान्तिका दिन कालीगढले विश्वकर्मा बाबाको पूजाआजा गरी ‘विश्वकर्मा दिवस’ मनाउँदैछन् ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।
एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको बताईन्छ ।
प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ ।
विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ ।
यही सम्झनामा नेपालका कालीगढले आज भव्य रुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् ।
आजको दिनलाई वास्तुविद्ले ‘वास्तु दिवस’का रुपमा समेत मनाउने गर्छन् ।

Leave A Reply

Your email address will not be published.