महत्त्वपूर्ण निर्णय सहित नेकपा एमाले जोरायलको प्रथम बैठक सम्पन्न

547

मंसिर २७, डोटी ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जोरायल गाउँपालिका कमिटी डोटीको प्रथम बैठक सोमबार सम्पन्न भएको छ ।
बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु पारित गरेको जनाइएको छ ।
जस अनुसार गाउँपालिका कमिटीको २१ सदस्यीय सचिवालय गठन गरिएको छ भने १० प्रतिशत मनोनीत गर्ने विधानमा उल्लेखित व्यवस्था बमोजिम ८ जनालाई गाउँपालिका कमिटीमा मनोनीत गरिएको जनाइएको छ ।
यसका साथै आगामी पौष ६ गतेदेखि १५ गतेसम्ममा जोरायल गाउँपालिकाको सबै वडाहरुमा टोल भेला आयोजना गर्ने एमालेले योजना बनाएको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पदमराज भट्टले नेकपा एमाले नै जनताको प्यारो पार्टी र यो राष्ट्रको सबैभन्दा बलियो पार्टी भएको बताए । साथै पार्टीभित्र सबै नेता, कार्यकर्ता र समर्थकहरुको भावनाको कदर गर्दै पार्टी संगठनलाई थप शशक्त बनाउन पार्टीप्रती आस्थावान सबैलाई उनलेे विशेष आग्रह गरे ।
एमालेको गत कार्तिक १५ गते सम्पन्न जोरायल गाउँपालिका अधिवेशनपछि पहिलो पटक बैठक बसेको हो ।
गाउँपालिका कमिटीका अध्यक्ष तीर्थराज भण्डारीक‍ो अध्यक्षता सम्पन्न बैठकमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पदमराज भट्ट, डोटी जिल्ला कमिटीका उपाध्यक्ष दुर्गादत्त ओझा लगाएत पार्टीका विभिन्न नेतागणहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.