डोटीको रुबसकाँडामा ८ दिने उद्यमशिलता विकास तालिम सम्पन्न
शिव ओली
मंसिर २५, डोटी (बुडर) ।
गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) उद्यमशिलता ८ दिने तालिम डोटीको जोरायल गाउपालिका २ रुबसकाँडामा शनिबार सम्पन्न भएको छ ।
जोरायल गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा सम्भाव्य उद्यमीहरुका लागी ४ दिन, व्यवसाय सुरु सम्बन्धी तालिम ३ दिन र लैङ्गिक समाबेशी सम्बन्धी १ दिन गरी जम्मा ८ दिनको तालिम सञ्चालन गरिएको तालिमका सहजकर्ता निर्मला दर्लामी मगरले जानकारी दिइन् ।
समापन कार्यक्रममा बोल्दै जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराले जोरायल गाउपालिकाको वार्ड न. २ रुबसकाँडा प्रर्यटकीय क्षेत्रको रुपमा पनि बिस्तार गर्न आवश्यक भएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागी लक्ष्यित गरेर लगत्तै होम स्टेका लागी गाउँपालिकाले तयारी गरीरहेको बताइन् ।
जसका लागी आवश्ययक पर्ने आर्थीक र प्रबिधीकको व्यवस्था गाउँपालिकाले गर्ने उनले बताइन् ।
रुबसकाँडा लघु उद्यमी समूहका अध्यक्ष किशोर सिंजाली मगरको अध्यक्षतामा सम्पन्न उक्त तालिममा सो कार्यक्रमका फोकल पर्शन तथा जोरायल गाउपालिकाका योजना अधिकृत चन्द्र सिं ऐडी, विभिन्न सरोकारवाला निकायका प्रतिनिधी एवं प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।

तालिममा ५ जना पूरुष र ३० जना महिलाहरु गरी ३५ जना प्रशिक्षार्थीहरु सहभागी रहेको थिए ।
उनिहरुलाई जोरायल गाउँपालिका उपाध्यक्ष बोहराले प्रमाण–पत्र सहित सम्मान गरेकी थिइन् ।