बलात्कार र हत्या अभियोगमा बालसुधार गृहका राखिएका बोहरा जिल्ला अस्पतालको आइसोलेशनबाट कोरोना संक्रमित अवस्थामै फरार

433

मंसिर १९, डोटी ।
बझाङमा १२ वर्षीया बालिका सम्झना बि.क. माथि बलात्कार र हत्या अभियोगमा पक्राउ परी गत असोजमा बालसुधार गृह डोटीमा राखिएका १६ वर्षिया राजेन्द्र बोहरा फरार भएका छन् ।
यहि मंसिर ५ गते मात्रै कोरोना संक्रमण देखिएका बोहरा जिल्ला अस्पताल डोटीको आइसुलेशनबाट संक्रमित अवस्थामै फरार भएका हुन् ।
विहीबार राती ९ बजेतिर खाना खाएपछि उनि फरार भएको बाल सुधार गृह डोटीका प्रमूख सानुमाया लिम्बुले जानकारी दिइन् ।
बझाङको मष्टा गाउँपालिका वडा नंं २ खिकाला घर भएका बोहराले १२ वर्षिया सम्झना वि.क.लाई गोरु पुर्याउन घरबाट छाना (गोठ) तर्फ जाँदै गरेको अवस्थामा स्थानीय शिवमाण्डौ मन्दिरमा बलात्कार गरी हत्या गरेको प्रहरी अनुसन्धानले खुलाएको थियो ।
जवरजस्ती करणी र कर्तव्य ज्यान गरी दुइ वटै मुद्दामा पुर्पक्षकै लागि उमेर नपुगेकाले बाल सुधार गृहमा राखिएको थियो ।
प्रहरी परिचालन गरी उनको खोजि कार्य तिव्र भईरहेको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा.ज्योती पाण्डेले बताईन् ।

Leave A Reply

Your email address will not be published.