सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइदै

668

भागरथी मडै
असोज १, डोटी ।
आज असोज सक्रान्ति अर्थात विजय उत्सवको रुपमा मनाईने बुढी पोल्ने पर्व सुदुरपश्चिम प्रदेशका विभिन्न जिलाहरुमा शुक्रबार धुमधाम साथ मनाईदैछ ।
बुढी अर्थात राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको उत्सवको रुपमा यो पर्व प्रत्येक असोज सक्रान्तीमा मनाईने गर्दछ । यसलाई बन्दुनी संक्रान्ति पनि भन्ने गरिन्छ ।
परम्परागत किंवदन्ती अनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतीकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) हरुले पुतनाको शव दहन गरेको कथन छ ।
द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दुध चुसी मारेको र भगवान श्री कृष्ण बाँचेको खुसियालीमा यो पर्व मनाईने गरीएको स्थानीय बुढापाकाहरुको भनाई रहेको छ ।
आज साँझपख सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडीएको सल्लाको वा अन्य बोट विरुवाको लिङ्गोमा बन्दुनी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ ।
त्यस्तै बुढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ ।
यस पर्वमा रातभरी देउडा, भुवा जस्ता साँस्कृतिक कार्यक्रम गरिने चलन पनि रहेको छ ।

Leave A Reply

Your email address will not be published.