नवजीवन सहकारीको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका वम विजयी

574

चैत्र १, कैलाली ।

कैलालीको नवजीवन सहकारीमा गठबन्धनका उम्मेदवारलाई हराउँदै देवबहादुर वम निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका रतन बहादुर कठयतलाई १३०८ मतले हराउँदै वम निर्वाचित भएका हुन् । वमले ८३९१ मत पाउँदा कठायतले ७०८३मत पाएका थिए ।

वम नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा जिफन्ट प्रदेश अध्यक्ष पनि हुन् ।
उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवारसँग एमाले प्यानलका उम्मेदवार पराजित भएका छन् । गठबन्धनका उम्मेदवार चेतराज ओझासँग एमाले प्यानलका उम्मेदवार भरतराज जोशी पराजित भएका हुन् ।
ओझाले ७३२९ मत पाउँदा जोशीले ६८७२ मत पाएका थिए ।
लेखा सुपरीवेक्षण समितिको संयोजकमा पनि एमाले उम्मेदवार पराजित भएका छन् । चेतराज जोशीसँग मदनराज ओझा पराजित भएका हुन् । जोशीले ७१७५ मत पाउँदा ओझाले ७४४७ मत पाएका थिए ।
लेखा सुपरीवेक्षण समिति सदस्यमा दुवै समूहका एक-एक जना निर्वाचित भएका छन् । एमालेको तर्फबाट उम्मेदवार बनेका गणेश प्रसाद उपाध्याय र गठबन्धनको तर्फबाट उम्मेदवार बनेका लक्ष्मीराज पन्त विजयी भएका हुन् । उपाध्यायले ७१४१ मत पाएका थिए भने पन्तले ७०२५ मत पाएका थिए । लेखा सुपरीवेक्षण समिति सदस्यमा सरस्वती वली र सिता विके पराजित भएका थिए ।
वली एमाले प्यानलकी उम्मेदवार हुन् भने बिक गठबन्धन प्यानलकी उम्मेदवार हुन् ।
सञ्चालक समिति सदस्यमा मिश्रित नतिजा आएको छ । एमालेको तर्फबाट इन्दिरा जैसी , गोपाल पाठक, घनबहादुर शाह, डा. महेशराज विष्ट, विश्वनाथ ओझा, शिव कुमार जोशी विजयी भएका छन् ।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उत्तम जोशी, उपेन्द्र विष्ट, केशवराज मिश्र, गणेश बम, जयराज जोशी विजयी भएका छन् ।
गठबन्धनबाट विजयी हुने धेरैजसो काङ्ग्रेस निकट हुन् । पराजित हुने माओवादी तथा नेकपा एस निकट छन् ।
सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो । – नेपाल प्रेसबाट

Leave A Reply

Your email address will not be published.