डोटीमा स्वास्थ्य शिविरका नाममा मतदाता झुक्याउदै काङ्ग्रेस !

2,522

प्रेम नेपाली
चैत्र २०, डोटी ।
स्थानिय तहको निर्वाचन नजिकिंदै गर्दा नेपाली काङ्ग्रेसले नि:शुल्क स्वास्थ्य शिविरको नाममा मतदाता झुक्याउने काम गरिरहेको छ ।
“घर-घर जाऔ , काङ्ग्रेस जिताउँ” भन्ने नारा लेखिएको ब्यानरमा नेपाली काङ्ग्रेसको नि:शुल्क स्वास्थ्य शिविरलाई सहयोग गर्न धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को डाक्टर सहित स्वास्थ्यकर्मिको टोली आदर्श पुगेको छ ।
नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश कमिटीको स्वास्थ्य विभागलाई आयोजक बनाएको ब्यानर सहित डोटीका विभिन्न पालिका अन्तरगतका स्वास्थ्य चौकीमा काङ्ग्रेसले निशुल्क स्वास्थ्य शिविर अभियान संचालन गरिरहेको नेकपा एमाले आदर्श गाउँपालिका कमिटी सचिव चन्द्रदेव ओझाले बताएका छन ।
निर्वाचनको मुखमा चुनाबी प्रचारप्रसार सहितको ब्यानर टाँसेर आइतबार काङ्ग्रेसले आदर्श गाउँपालिकाको मौवा नगरदह स्वास्थ्य चौकीमा आफ्नो पार्टीलाई बल पुग्ने गरि यस्ता गतिविधि संचालन गर्दा नेकपा एमाले आदर्श गाउँपालिका कमिटीले आपत्ति जनाएको छ ।
गाउँपालिका सङ्ग कुनै समन्वय नगरेर जनतालाई झुक्याउने किसिमका कार्यले आफ्नो पार्टीको ध्यानाकर्षण भएको पनि सचीव ओझाले बताए ।
यस विषयमा गाउँपालिका अध्यक्ष टेक बहादुर रोकायालाई बुझ्दा आफुसङ्ग कुनै किसिमको समन्वय तथा सम्पर्क नभएकोले निर्वाचनको बेला कुनै पार्टीलाई बल पुग्ने गरि भएको कार्यको निन्दा गरेका छन् । यस्ता कार्यले गर्दा कुनै पार्टीको चुनावी प्रचारप्रसार, राजनैतिक पार्टीहरु बीच वादविवाद र मतदाताहरुमा भ्रम फैलाउनु बाहेक अरु कुनै उपलब्धी नहुने अध्यक्ष रोकायाले बताए ।
साथै यस विषयमा थप जानकारी लिन आदर्श गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बम बहादुर खड्कालाई सम्पर्क गर्दा उनले आफुसङ्ग काङ्ग्रेसका केही व्यक्तिहरुले आदर्श गाउँपालिकाको स्वास्थ्य चौकीमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्नका लागि सेवाग्राहीलाई खबर गरिदिन अनुरोध गरिएको तर आफू केहिदिन देखि काम विशेषले गर्दा जिल्ला बाहिर रहेकोले ब्यानर कस्तो किसिमको बनेको थियो आफुले हेर्न नपाएको खड्काले बताए । ‘तर यस्तो कुरामा कार्यालयमा भएका साथिहरुले पनि ख्याल गर्नु पर्दथ्यो, गरिएनछ’- उनले भने ।निर्वाचनको बेला कुनै पार्टीको प्रचार-प्रसारमा सहयोग पुग्ने गरि सरकारी कार्यालयमा यस्ता खाले कार्यक्रम संचालन गर्नु नियम विपरित हुने शाखा प्रमुख खड्काले बताए ।
उता नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य लक्ष्मण सिंहले भने आफ्नो पार्टीले कसैलाई झुक्याउनलाई नभएर विशुद्ध जनताको सेवा दिने उद्धेश्यले डोटीको शिखर नगरपालिका र आदर्श गाउँपालिकामा उक्त शिविर संचालन गरेको बताए ।

1 Comment
  1. Jayaraj Ojha says

    राम्रो काम गर्नेलाई आरोप लगाउने नराम्रो कामको प्रशंसा हुन्छ हाम्रो नेपालमा

Leave A Reply

Your email address will not be published.