घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को प्यानल विजयी

823

Нет описания.चैत्र ८, डोटी ।

डोटीको जोरायल – ४ मा रहेको घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ ।

नेपाल विद्यार्थी संघको टिमलाई पराजित गर्दै संयुक्त प्यानल विजयी भएको हो ।

Нет описания.सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत रहेको उक्त क्याम्पसको स्ववियु निर्वाचनमा कूल ८५ जना विद्यार्थी मतदाता रहेकोमा ७८ जनाले मात्रै मतदान गरेका छन् ।

निर्वाचनको आजै सम्पन्न मतगणनाको परिणाम अनुसार अध्यक्षमा अनेरास्ववियु (क्रान्तिकारी) का सरस्वती कुमारी कामी ४४ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका उम्मेदवार शुशिल भट्टले ३४ मत प्राप्त गरेका छन् ।

यस्तै सचिवमा अनेरास्ववियुका बसन्ती थापाले ५० मत प्राप्त गरेर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका उम्मेदवार नानु मल्लले २६ मत मात्रै प्राप्त गरेकी छन् ।

यसैगरी कोषाध्यक्षमा अनेरास्ववियुका बम बहादुर खत्रीले ४९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका उम्मेदवार कोकिला बोहराले २७ मत मात्रै प्राप्त गरिन् ।

यसैगरी सदस्यमा अनेरास्ववियुका बिस्ना कुमारी बोहराले ५५ मत, रक्षा अवस्थीले ५४ मत, लक्ष्मी कुमारी साउँदले ५३ र कमला सार्कीले ५० मत प्राप्त गरी विजयी भएका छन् ।

उता नेविसंघका सदस्य पदका उम्मेदवारहरु कमला खत्रीले २८ मत, भागरती खड्काले २४ मत, रीता रावलले २५ मत र दुर्गा बोहराले २३ मत मात्रै प्राप्त गरेको नेकपा माओवादी केन्द्रका जोरायल गाउँपालिका कमिटी सचिव घनश्याम ओलीले जानकारी दिए ।

सचिव र कोषाध्यक्ष पदमा २/२ वटा मत बदर समेत भएका छन् ।

Нет описания.

यसैबिच समानुपातिकतर्फ अनेरास्ववियुले ५२ मत प्राप्त गरी ३ सदस्य, नेविसंघले २४ मत प्राप्त गरी १ सदस्य पाउने भएको छ भने अनेरास्ववियु क्रान्तिकारीले १ मत प्राप्त गरी समानुपातिक सदस्य नपाउने उक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका निर्वाचन अधिकृत गणेशराज भट्टद्वारा हस्ताक्षरित सार्वजनिक मत परिणाममा उल्लेख छ ।

Нет описания.Нет описания.

Leave A Reply

Your email address will not be published.