सुदूरपश्चिम प्रदेश : २९ अर्ब २६ करोड बजेट प्रस्तुत

374

असार १, डोटी ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालुतर्फ ९ अर्ब ५९ करोड र पूँजीगततर्फ १७ अर्ब २ करोड रुपैयाँ गरि २९ अर्ब २६ करोड ५९ लाख बजेट ल्याएका हुन् ।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट ल्याएको थियो ।

तर यो वर्ष बजेटको आकार धेरै घटेको छ । चालु आ.व. ०७९/८० को बजेटभन्दा आगामी आ.व. २०८०/८१ को बजेट ७ अर्ब ४८ करोड ५ लाख ६५ हजारले कम रहेको छ ।

Leave A Reply

Your email address will not be published.