सवारी दुर्घटनामा सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंहको निधन

552

असार ५, डोटी ।
बझाङको केदास्यु गाउँपालिका-१ को धारछडामा मंगलबार गाडी दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको कोहलपुर मेडिकल कलेजमा निधन भएको छ।
हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएका सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरत बोहराले जानकारी दिनुभयो।
सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी पत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको यसअघि मृत्यु भइसकेको छ।
डीआइजी बोहराका अनुसार कोहलपुर लगिएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको उपचार भइरहेको छ। मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१९००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो।
गत जेठ ५ गते मन्त्री भएपछि उहाँ पहिलो पटक गृह जिल्ला बझाङ जान थाल्नु भएको थियो। तर, घर समेत रहेको सदरमुकाम जयपृथ्वी नगरपालिका नपुग्दै उहाँको गाडी दुर्घटनामा परेको थियो । ६५ वर्षीय सिंह बझाङको प्रदेश सभा (क) बाट निर्वाचित हुनुभएको थियो ।  – गोरखापत्रबाट

Leave A Reply

Your email address will not be published.