सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तह कर्मचारीबीच ५ बुँदे सहमति
जेठ ४, डोटी ।
सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति भएको छ। हिजो शनिबार सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालको संयोजकत्वमा रहेको वार्ता टोली र स्थानीय तह कर्मचारी प्रदेश संघर्ष समितिबीच उक्त सहमति भएको हो।
सहमति भएपछि ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ पारितको माग राखेर वैशाख २८ गतेदेखि सुरु भएको आन्दोलनका कार्यक्रमहरू स्थगित भएका छन् ।
सहमति अनुसार प्रदेश सरकारले सो विधेयक अविलम्ब जारी गर्नेछ भने कर्मचारी पक्षले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने सहमति भएको छ ।