केशब जोशीको नयाँ गीत “लाइदे गाजल”

669

असार २९, डोटी ।

डोटीको शिखर नगरपालिका वडा नम्बर ६ मा जन्मिएर हाल गोदावरी नगरपालिका लालपुर कैलाली बस्दै आएका गायक केशव जोशीको नयाँ गीत लाइदे `गाजल´ बजारमा सार्बजनिक भएको छ।

म्युजिक धमाका नेपाल नामक युट्यब च्यानलमार्फत सार्वजनिक  भएको उक्त गीतमा  केशब राज जोशी र प्रेणा सिंहको आवाज रहेको छ भने शब्द तथा लय भिम बिसी र निकेशको रहेको छ । गीतको म्युजिक भिडियोतर्फ मुख्य अभिनय पदम बोहरा र आरती शाहको रहेको छ।

गीत बजारमा आएको छोटो समयमै करिब ७२ हजार दर्शक श्रोताहरुले हेरेका छन्।

गीतमा भनिएको छ लाइदे काजल लाइदे झुम्का, हेर्न्या मन्छ तेरै ठुम्का । यस्तै यस्तै प्रेमिल शब्दले भजिएको रोमान्टिक र केटाकेटीहरु बिचको माया प्रेममा समर्पित गीत रहेको गायक जोशीको भनाइ छ ।

गायक जोशीले यसभन्दा पुर्व पनि विभिन्न गीतहरु बजारमा ल्याएका छन् ।

सानै उमेरदेखि गीत संगीतप्रेमी जोशी हाल  भारतको ब्याङ्लोरमा बस्दै आएका छन् । प्रवासमा बसेर पनि आफनो संस्कृतिलाई कहिल्यै नबिर्सिने गायक जोशी बताउँछन् ।

 

Leave A Reply

Your email address will not be published.