एमाले डोटी चुनावी प्रचारका लागि गाउँ-गाउँमा

801

फाल्गुन ६, डोटी ।
यहि फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधी सभा निर्वाचनका लागि नेकपा एमाले डोटीले चुनावी प्रचार-प्रसारलाई घनिभूत पार्दै तिव्रता दिएको छ ।
निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका लागि दिएको समयसिमा फाल्गुन ४ देखि १८ गतेसम्मको कार्यक्रम जिल्ला प्रशासनबाट स्विकृति लिएर गाउँ-गाउँमा केन्द्रित भएको नेकपा एमाले डोटीका उपसचिव डम्बर सिंह डौडीले जानकारी दिए ।
कार्यतालिका अनुसार फाल्गुन ६ गते शिखर नगरपालिका वडा नं.९ र १० मा, ७ गते बोगटान फुड्सिल गाउँपालिकाको वडा नं. ४ र ५ मा, ८ गते के.आई.सिंह गाउँपालिकाको वडा नं. १ र २ मा, ९ गते शिखर नगरपालिकाको वडा नं. ८ र ११ मा, १० गते बोगटान फुड्सिल गाउँपालिकाको वडा नं. २ र ३ मा उम्मेदवार दीपक धामी सहित चुनावी प्रचार गर्ने कार्यक्रम छ ।
त्यस्तै फाल्गुन ११ गते पूर्वीचौकीको वडा नं. १, ४ र ६ मा, १२ गते पूर्विचौकीकै वडा नं. ५ र ७ मा, १३ गते पूर्विचौकीकै २ र ३ मा कार्यक्रम तय भएको छ ।
त्यस्तै फाल्गुन १४ गते सायल गाउँपालिकाको वडा नं. २ र ३ मा १५ गते वडा नं.४, ५ र ६ मा, १६ गते सायलको वडा नं. १ र आदर्शको वडा नं. ७ मा, १७ गते आदर्शको वडा नं. १, २ र ६ मा र १८ गते आदर्शको वडा नं. ३,४ र ५ मा उम्मेदवार सहित चुनावी भेटघाट कार्यक्रम तय गरिएको एमालेले जनाएको छ ।

May be an image of blueprint, ticket stub and textMay be an image of text that says 'मेपान सरकार गृह मन्तालय जिल्ला प्रशासन कार्यालय (निर्वाचन सेल) प.सं.२०६२/०5३ २०६२/ पलानी नै. ①時ダめマつ重まる 여별-십2099 dao.doti68@gmail.com daodoti.moha.gov.np facebook.comidotidao सिलगढी डोटी नेपाल। मिति मिति२००२/११/१६ मिति ते२०६२/११/१७ मिते मति२००२/११/१६ बडानं. सायल गा.पा. बडा नं. बडान.१२स६आद् आदर्श गा.पा. आदेश गा.पा. बडा Dt «ΑμΣ (जित बहादुर राना) प्रशासकीय अधिकृत बोधार्य: श्री मुख्य निर्वाचन अपिकृतको कार्यलय, डोटी। श्री พีออ प्रसाद गण, सिलगरी, डोटी। श्री जिन्ला प्रहरी कार्यालय, डोटी। श्री मशसव प्रहरी बल नेपाल नं.३६ गण हे.ब्वा.दिपायल, डोटी श्री राटिय अनुसनधान जिल्ला कार्यालय, डोटी। श्री बिन्ला निर्वाचन कार्यालय, सिलगही, डोटी। श्री जिल्ला ट्राकिक कार्यालय, झोटी। क.प्र. शाषा मकिशायদ रमन्वाचनेन "ेवातणी मीपर .८सशचन मबवती पिশন Dock'
यो कार्यसूचि सँगै पार्टीका विभिन्न तहका नेता, कार्यकर्ताहरुको सक्रियतामा विभिन्न टोलीले जिल्लाका हरेक गाउँ-गाउँ, टोल-टोलमा चुनावी अभियान सञ्चालन गरिरहेको नेकपा एमाले डोटीका अध्यक्ष मञ्जु मलासीले जानकारी दिइन् ।
छोटो समय अवधी र भौगोलिक कठिनाईका कारण हरेक नेता कार्यकर्ताहरु आ–आफ्नो भूगोलमा परिचालन गरिएको उनले बताईन् ।
एमाले उम्मेदवार दीपक बहादुर धामी राष्ट्रिय पहिचान बनाएको एक क्षमतावान, बेदागी र युवा पिढिले रुचाएका उम्मेदवार भएको साथै जिल्लामा एमालेको मजबुद संगठन भएकाले पनि जित सुनिश्चित भएको एमाले डोटीको ठहर छ ।

 

Leave A Reply

Your email address will not be published.