घर भत्किंदा ३ छोराछोरी र श्रीमती गुमाएका लोगे लुहारको परिवारलाई इडिसीद्वारा झण्डै ५७ हजार बराबरको सहयोग

424

भाद्र २४, डोटी ।

गत साउन महिनाको २६ गते सोमबार राती करिब १ बजेतिर एक्कासी घर भत्किंदा ३ छोराछोरी र श्रीमती गुमाएका डोटीको आदर्श गाउँपालिका वडा नं. १ बाँझककानी खलगडाका लोगे लुहारको परिवारलाई सम विकास केन्द्र (इडिसी) नेपाल डोटीले झण्डै ५७ हजार बराबरको सहयोग गरेको छ ।
बुधबार उनको घरमै पुगेर इडिसीका अध्यक्ष अधिराज बिसीले नगद १० हजार सँगै चामल, दाल, चना, तेल नुन मर्मसलाहरु, ब्लाङकेट, डसना, पिफर्म, तन्ना, आरन व्यवसाय गर्न एक सेट आरन मेशीन लगाएतका सामानहरु गरी ५६ हजार ९ सय ७० बराबरको सहयोग प्रदान गरेका हुन् ।


आदर्श गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष नरेश खड्काको रोहवरमा उक्त सहयोग हस्तान्तरण गरिएको इडिसीका अध्यक्ष बिसीले नजर अनलाईनलाई जानकारी दिए ।
तत्काल घर खर्च चलाउन नगद १० हजार रुपैंया, खान बस्न सहजताका लागि खाद्यान्न तथा बेड विस्ताराका सामाग्रीहरु र तत्कालै व्यवसाय शुरु गरी जीविकोपार्जन गर्नका लागि १ सेट आरन मेशिन प्रदान गरिएको उनले बताए ।


एक्शन एड र डिसिएको सहयोगमा इडिसिको समन्वय तथा सहकार्यमा उक्त सहयोग प्रदान गरिएको सँस्थाका बाल प्रायोजन अधिकृत नरेन्द्र बि.क.ले जानकारी दिए ।
यस पूर्व पनि इडिसीमा कार्यरत कर्मचारीहरुले व्यक्तिगत रुपमा संकलन गरी भाद्र २ गते रु. ८ हजार ५ सय ५० नगद सहयोग प्रदान गरेका थिए ।
लोगेको घर भत्किंदा उनकी ३५ वर्षीया श्रीमती विष्णा, ११ वर्षका छोरा पारस, ७ वर्षका छोरी शिरु र ४ वर्षका छोरी जेनिशाको मृत्यु भएको थियो ।
उक्त घटनामा परी उनि स्वयं शक्त घाइते भएका थिए भने उनकी ५२ वर्षीया आमा पाना लुहार पनि घाइते भएकी थिईन् ।
त्यस्तै आदर्श गाउँपालिका वडा नं. ४ घर भई पाहुनाका रुपमा आएकी लोगेकी शाशु आमा झाङरी बि.क. र १३ वर्षका साला इन्द्र बि.क. पनि घाइते भएका थिए ।
उनको बस्ने घर भत्केर पूर्ण रुपमा क्षती भएपछि उनका काका बाजी लुहारको घरमा काजक्रिया गरेका थिए । उनि आफु घाइते भएर काजक्रिया समेत गर्न नसक्ने भएकाले उनका काका बाजीले नै काजक्रिया गरेका थिए ।
उनलाई यसबिचमा विभिन्न व्यक्ति तथा संघसँस्थाहरुले पनि सहयोग प्रदान गरेका छन् ।

 

Leave A Reply

Your email address will not be published.