आफ्नो जन्मदिनमा समाजसेवी युवा बोगटीद्वारा १९६ विद्यार्थीलाई सहभोज आयोजना

1,185

भाद्र १६, डोटी ।
डोटीको जोरायल गाउँपालिका ५ गड्सेराका समाजसेवी युवा शेरबहादुर बोगटीले आफ्नो जन्मदिन फरक र उदाहरणीय ढङ्गले मनाएका छन्।
उनले मंगलबार आफ्नो ३२ औं जन्मदिनको अवसरमा आफुले पनि पढेको स्थानीय जनप्रिय आधारभूत विद्यालयमा अध्ययनरत १९६ जना विद्यार्थीलाई सहभोज गराएका हुन् ।
​जन्मदिनको नाममा अनावश्यक फजुल खर्च गर्नुभन्दा विभिन्न जिल्लाबाट आएर सो विद्यालयमा अध्ययन गरिरहेका साना विद्यार्थीहरूसँग खुसी साट्नु उपयुक्त ठानेर सहभोज आयोजना गरिएको युवा बोगटीले बताए।
​औपचारिक तथा भड्किलो रूपमा जन्मदिन मनाउने प्रचलन बढिरहेका बेला स्थानीय युवाले देखाएको यो सामाजिक उत्तरदायित्व र सकारात्मक कदमको स्थानीय तहमा निकै प्रशंसा भइरहेको छ।
युवा बोगटी नेकपा एमाले जोरायल गाउँपालिका ५ नम्बर वडा कमिटी अध्यक्ष पनि हुन् ।
पछिल्लो केहि वर्ष यता विशेषगरी वर्षातको बेला जोखिम मोल्दै र अन्य सिजनमा पनि अफ्ट्यारोमा परेका स्थानीय जो कोही मानिसलाई बाइक यात्रा गराएर गन्तव्यमा पुर्याउने कामले चर्चामा छन् ।
यसका साथै ऊनी स्थानीय स्तरमा विभिन्न विकास निर्माणका कामसङ्गै जोडिएर समाजसेवा गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.