गजल
– नेत्र कुँवर
मेरो आमाको पत्तो छैन, बाउको पत्तो छैन
ठेगाना के भनौं र खै, गाँउको पत्तो छैन
बेवारिसे ज्यानको खाँतिर काम गर्दै गएँ
पैंसा नदिई शाहु भाग्यो शाहुको पत्तो छैन
सबैले खाते अनि चोर भनि बोलाइदिँदा
तन मन दुख्छ आँसु खस्छ, घाउको पत्तो छैन
राम्रो सबै तँ हरु बन, म अपराधि हौंला
तेतिखेर मैले खेल्ने त्यो दाउँको पत्तो छैन
हुन सक्छ कोहि मेरो बाउ खै भन्दै आउला रे
म भन्ने छु उ शरिर यहिं छ, टाउको पत्तो छैन
पुर्विचौकी गाउँपालिका – ६, गाँजरी, डोटी
हाल दक्षिण कोरीया