नेकपा एमाले सायल गाउँपालिका कमिटीको पहिलो बैठक सम्पन्न

556

प्रेम नेपाली
मंसिर २५, डोटी ।
नेकपा एमाले सायल गाउँपालिका कमिटीको पहिलो बैठक शनिबार सम्पन्न भएको छ ।
गत कार्तिक २४ गते सम्पन्न पालिका कमिटीको अधिवेशनबाट जिम्मेवारी पाएका पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण समेत गराइएको छ ।
कमिटीको पहिलो बैठक बसि सपथग्रहण सङ्गै एमाले पार्टीलाई अझै मजबुत बनाउन विविध निर्णयहरु गरि बैठक सम्पन्न भएको एमाले सायल गाउँ कमिटीका सचिव गणेश ऐरले बताए ।
बैठकमा अधिवेशनको समिक्षा गरिएको र कमिटीको सचिवालय समेत गठन गरिएको जनाइएको छ ।
बैठकले आगामी पौष ४ गतेबाट सायल क्षेत्रबाट प्रतिनिधित्व गर्ने जिल्ला स्तरका नेताहरुको नेतृत्वमा पालिकाका ६ वटै वडाहरुमा टोल कमिटी गठन गर्ने पनि निर्णय गरिएको छ । जस अन्तर्गत सायलको वडा नम्बर १ मा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य धन बहादुर नेपाली, वडा नम्बर २ र ३ मा जिल्ला कमिटी सचिवालय सदस्य तेज बहादुर डुम्रेल र बिस्ना देवी सिंह, वडा नम्बर ४ मा हर्क बहादुर सिंह, वडा नम्बर ५ मा जिल्ला कमिटी सचिवालय सदस्य सीता बिक, पालिका स्तरीय कमिटीका अध्यक्ष केशवराज उपाध्याय र वडा नम्बर ६ मा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सिद्धराज जोशीलाई जिम्मेवारी तोकिएको एमालेले जनाएको छ ।
बैठकमा नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्लले अहिले एमाले भित्रको फुटले प्रतिपक्षी हौसाएको र आगामी निर्वाचन पक्का जित्ने भनेर हिडिरहेका बेला हाम्रा पार्टी सङ्गठन कमिटीका जिम्मेवार साथिहरुले आफ्नो सबै क्षमता, बुद्धि विवेक प्रयोग गरेर सङ्गठनलाई अझै मजबुत बनाएर अगाडि बढ्न विशेष आग्रह गरेका छन् ।
साथै जिल्लाका सबै पालिका, वडा र टोलहरुमा पार्टीको अभियान संचालन गर्न पनि अध्यक्ष मल्लले निर्देशन दिए । अब हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका सबै नेता कार्यकर्ताहरुले जिम्मेवार तथा इमान्दारीताका साथ एकजुट भएर लागेमा डोटीका प्राय स्थानीय तहमा निर्वाचनमा जीत हासिल हुने उनले बताए ।

Leave A Reply

Your email address will not be published.