प्रतिनिधी सभा प्रत्यक्षमा अध्यक्ष मल्ल, समानुपातिकमा इन्चार्ज ओली र प्रदेश सभा ‘क’ मा खड्का सर्वसम्मत सिफारिस

1,733

भाद्र २१, डोटी ।
नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्ल आगामी मंसिर ४ मा हुने प्रतिनिधी सभा प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् ।
हिजो सोमबार बेलुकी अबेर सम्पन्न भएको एमाले जिल्ला कमिटी डोटीको बैठकले एक मात्रै प्रतिनिधी सभा सिट रहेको डोटीबाट अध्यक्ष मल्ललाई सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।
त्यस्तै बैठकले प्रतिनिधी सभा समानुपातिकतर्फ उम्मेदवारका लागि एमाले पोलिट ब्युरो सदस्य एवं डोटी इञ्चार्ज गौरी ओलीलाई सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।
यता प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र ‘क’ मा प्रत्यक्षतर्फ उक्त पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लक्ष्मण खड्कालाई पनि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा भने प्रत्यक्षतर्फका लागि उम्मेदवारी सर्वसम्मत सिफारिस हुन सकेन । उक्त पदका लागि ६ जना आकाङ्क्षी देखिएपछि सबै नामहरु उपल्लो कमिटीमा सिफारिस गरी पठाउने निर्णय भएको छ । आकाङ्क्षी उम्मेदवारहरुमा पदमराज भट्ट, राम बहादुर ऐर, टेक बहादुर बम, भोजनाथ योगी, यज्ञराज जोशी र राधिका टमटा रहेका छन् ।
प्रदेश सभा सदस्य निर्वाचनको ‘क’ र ‘ख’ का लागि समानुपातिकतर्फबाट भने ३६ जना आकांक्षी उम्मेदवार रहेको र सबै नामहरु सिफारिस गरी पठाइने एमाले डोटीका सचिव शेर बहादुर मल्लले नजर अनलाईनलाई जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.