Browsing Category

डोटी

डोटीमा `पर्यटक प्रहरी´ चौकी स्थापना

सुवास नेपाली/बैशाख २, डोटी । विश्व प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तड र आसपासका क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सुरक्षाको लागि मध्यनजर गर्दै डोटी सदरमुकाम सिलगढीमा अस्थायी पर्यटक प्रहरी चौकी स्थापना गरिएको छ । सुदूरपश्चिमको प्रमुख…
पुरा पढ्नुहोस् ...

घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

चैत २७, डोटी । डोटीको जोरायलस्थित श्री घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको सिङ्गो प्यानल विजयी भएको छ । विजयी हुने अनेरास्ववियुका उम्मेदवार क्रमशः अध्यक्ष सुरत बोहराले ६९, सचीव दीपक साउदले ६५ र कोषाध्यक्ष कलावती…
पुरा पढ्नुहोस् ...

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र भवन छिटो निर्माण हुनु पर्ने माग

चैत्र २६, डोटी । डोटीको जोरायल गाउँपालिका ३ चन्कट्टेस्थित सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रको भवन छिटो निर्माण गर्न स्थानीयबासीहरुले माग गरेका छन् । जोरायल गाउँपालिकाले मंगलवार आयोजना गरेको आर्थिक वर्ष २०८/८२ को दोश्रो चौमासिक…
पुरा पढ्नुहोस् ...

चलिरहेको जीपबाट खसेर एक जनाको मृत्यु, चालक र गाडी प्रहरी नियन्त्रणमा

चैत १८, डोटी । डोटीमा चल्दै गरेको बोलेरो जीपबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श गाउँपालिका– २ कुचेडाका गाडी साहु ३४ वर्षका ज्ञानेन्द्र बहादुर बोहरा रहेका छन् । सोमबार बेलुकी करिब ६ बजेतिर दिपायलबाट आदर्श गाउँपालिकातर्फ…
पुरा पढ्नुहोस् ...

तेज नेपालीको प्राण बचाउन सहयोगको याचना, आर्थिक अभावले उपचारमा समस्या

चैत ७, डोटी । डोटीको जोरायल गाउँपालिका ३ रावतकट्टेका तेज बहादुर नेपालीको प्राण बचाउन उनको घरपरिवारले सार्वजनिक रुपमा सहयोगको अपिल गरेका छन् । करिब आठ वर्षदेखि भारतको बैङ्लोरस्थित थर्मानली भन्ने ठाउँमा सुरक्षा गार्डका रुपमा कार्यरत ३५…
पुरा पढ्नुहोस् ...

जोरायलमा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन हुने

चैत ३, डोटी । डोटीको जोरायल गाउँपालिकामा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । जोरायल गाउँपालिकाको आयोजना तथा च्यारिटी हेल्थ फाउण्डेसन नेपाल र धनगढी नेत्रालय आँखा अस्पतालको प्राविधिक सहयोगमा ६ वटै वडाहरुमा निःशुल्क…
पुरा पढ्नुहोस् ...

जिसस डोटीको नवौं जिल्ला सभाको उदघाटन समारोह सम्पन्न

प्रेम नेपाली/चैत्र ३, डोटी । जिल्ला समन्वय समिति डोटीको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समिक्षा तथा नवौं जिल्ला सभा उदघाटन समारोह आइतबार सम्पन्न भएको छ । जिसस डोटीको हलमा सम्पन्न उदघाटन समारोहमा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण बहादुर…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायलमा ‘बगर खेती परीक्षण’ गरिंदै

चैत ३, डोटी । कृषियोग्य क्षेत्र मानिने डोटीको जोरायलमा नदि किनारको जमीन अर्थात बलौटे जग्गामा ‘बगर खेती परीक्षण’ गरिने भएको छ । कृषियोग्य भूमि कर्नासा नदीले कटान गर्नुका साथै बाढीले बालुवा थुपारेर बगरमा परिणत भएको जोरायल गाउँपालिका वडा नं.…
पुरा पढ्नुहोस् ...

डोटी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको सिङ्गल प्यानल, अखिल क्रान्तिकारी र समाजवादीबिच गठबन्धन

फाल्गुन २८, डोटी । डोटी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि राजनीतिक विद्यार्थी संघसंगठनका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेपाली काङ्ग्रेस निकट नेपाल…
पुरा पढ्नुहोस् ...

महिनावारी हुँदा सुरक्षित घरभित्र बस्न थालेपछि महिलाहरु सम्मानित

फाल्गुन २७, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. ४ काफली गाउँका महिलाहरु महिनावारी भएको बेला सुरक्षित घरभित्र बस्न थालेपछि २८ जनालाई जोरायल गाउँपालिकाले सम्मान गरेको छ । महिनावारी भएको बेला घर बाहिर ढिकीको छाप्रोमा सुत्ने गरेकामा हाल…
पुरा पढ्नुहोस् ...